विष्णुमतीमा भीषण बाढी, सतर्क रहन आग्रह
थानकोट ।
काठमाडौंका केही भू-भागमा गएरातिदेखि भारी वर्षा भएको छ ।
काठमाडौंको विष्णुमती नदी गोंगबु जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
जलसतह सतर्कता तह नजिक पुगेकोले नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान अबेरसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।












