ठाउँ-ठाउँमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरूद्ध
थानकोट ।
अविरल वर्षासँगै आएको पहिरोले मुग्लिन- नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका-६ कालीखो लालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ ।
पहिरोले सडक मंगलबार बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।
बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ ।
थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ ।
प्रतिकात्मक तस्बिर












