काठमाडाैंमा भीषण वर्षा, कैंयन बस्ती डुबानमा, बिहान ११ बजेसम्म सतर्क रहन प्रशासनको अनुरोध
थानकोट ।
मंगलबार बिहानबाटै जारी अविरल वर्षाको कारण काठमाडौं विभिन्न क्षेत्र डुबानमा परेका छन् । प्राप्त विवरणहरू अनुसार काठमाडाैंको कपनस्थित निलो पुल र सामाखुसीको रेडन कलेज आसपासको क्षेत्रमा डुबान भएको छ ।
मुलपानी क्षेत्रका घरहरूमा पनि भल पसेर डुबानमा परेको छ ।
सामाखुसी स्थित प्रहरीको महालक्ष्मी फ्युल सेन्टर आसपासको बस्तीमा पनि पानी पसेको छ ।
सचेतनाका लागी बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्न र माइकिङ गर्न निर्देशन गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए । उनले भने–‘अविरल वर्षाका कारण उपत्यकाका नदी बढ्ने आकलन गरेर सचेतना अपनाउन भनिएको छ ।’












