मुग्लिन-नारायणगढ सडक एकतर्फी सुचारू

Thankot Times

थानकोट ।

निरन्तरको वर्षापछि सडकमा पहिरो झरेपछि मंगलबार बिहानबाट अवरूद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन गराइएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-६, कालीखोला लगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको सो कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइनेछ ।

तस्बिरः निरोज गुरूङ


Leave a Reply

Your email address will not be published. Required fields are marked *