बल्खुस्थित तरकारी बजारमा बाढी पस्दा ३ सय ७० वटा पसलमा डुबानमा

Thankot Times

थानकोट ।

काठमाडाैं उपत्यका लगायत देशका अधिकांश क्षेत्रमा वर्षा जारी छ ।

अविरल वर्षाले काठमाडौंको बल्खुस्थित तरकारी बजारपनि डुबानमा परेको छ ।

बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भने ।

उनका अनुसार तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ ।

काठमाडाैंका विभिन्न नदी किनारका क्षेत्र, भक्तपुरका नदी किनारका क्षेत्र तथा बनेपाको पुल बजार लगायतका क्षेत्र समेत बाढीले डुबाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *