बागमती नदीले बगाउँदा एक जनाको मृत्यु

Thankot Times

थानकोट । 

बागमती नदीमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका-२ समनपुरमा ६६ वर्षीय सहिद राय भाट रहेको इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीले जनाएको छ। 

सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा पर्ने खेतमा काम गर्न आएको र घर जाँदै गर्दा उनलाई नदीले बगाएको थियो। 

भाटलाई बगाउँदै गर्दा स्थानीयवासीले उधार गरेका थिए। बाढीले बगाउँदा सिकिस्त बनेका भाटलाई समनपुरको एक स्वास्थ्य केन्द्रमा उपचार गर्न स्थानीयले लगेका थिए।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि रौतहटको चन्द्रपुर लगेका थियो। चन्द्रपुरस्थित अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन 

त्यसैगरी धनकौल गाउँपालिका-४ महिनाथपुरमा सय जना मानिस बाढीमा फसेका छन्। घाँस काट्न गएका स्थानीयहरू दुई नदीको बीचमा फसेका छन्। उनीहरूको उद्धारका लागि सुरक्षा निकाय घटनास्थलमा पुगेको प्रहरीले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *