अत्यासलाग्दो डुबानले आक्रान्त काठमाडाैंमा आजपनि भीषण वर्षा हुने
थानकोट ।
अझै केही दिन देशभर वर्षाको सम्भावना रहेको छ ।
अबको तीन/चार दिनसम्म वर्षाको क्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“अझै कम्तीमा तीन/चार दिनसम्म वर्षा हुने देखिएको छ,” मौसमविद् सञ्जिव अधिकारीले भने ।
गएराति काठमाडौंमा वर्षा नभए पनि आज दिउँसो भने पानी पर्ने उनको भनाइ छ । “काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ,” उनले भने ।












