साउन २७ गते शनिबार ‘चन्द्रागिरि अनुशीलन’को लोकार्पण हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रको सांस्कृतिक खोजमूलक लेखहरुको सङ्गालो ‘चन्द्रागिरि अनुशीलन’ प्रकाशित भएको छ ।

चन्द्रागिरि सांस्कृतिक अध्ययन समूहको संयोजकत्वमा तयार भएको सो पुस्तक आगामी शनिबार लोकार्पण गर्ने कार्यक्रम तय भएको छ ।

स्थानीय ग्रीनल्यैण्ड ब्याङ्क्वेटमा दिउँसो २ बजे सो पुस्तक लोकार्पणको तयारी भइरहेको चन्द्रागिरि साहित्य समाजका अध्यक्ष एवं चन्द्रागिरि सांस्कृतिक अध्ययन समूहका सदस्य भीमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

पुस्तकमा चन्द्रागिरि नगरका सांस्कृतिक पक्ष समेटिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *