नेपालविरूद्ध एसिया कप खेल्न बाबर आजमको कप्तानीमा पाकिस्तानी टोलीको घोषणा
थानकोट ।
पाकिस्तान र श्रीलंकामा हुने आसन्न एसिया कप र त्यसअघि हुने अफगानिस्तानविरुद्धको क्रिकेट शृङ्खलाका लागि पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।
पाकिस्तानका मुख्य प्रशिक्षक इन्जामाम उल हकले बुधबार बाबर आजमको कप्तानीमा १७ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।
पाकिस्तानले घोषणा गरेको १८ सदस्यीय टोलीमध्ये साउद साकिलले भने अफगानिस्तानविरुद्धको शृङ्खला मात्र खेल्नेछन् ।
एसिया कपको समूह ‘ए’मा रहेको पाकिस्तानले अगस्ट ३० मा नेपालविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यो खेल पाकिस्तानको मुल्तानमा हुनेछ । यस्तै, पाकिस्तानले सेप्टेम्बर २ मा भारतविरुद्ध खेल्नेछ । यो खेल भने श्रीलंकामा हुनेछ ।
एसिया कपअघि पाकिस्तानले अफगानिस्तानविरुद्ध तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ । यो शृङ्खला २२ देखि २६ अगस्टसम्म चल्नेछ ।
पाकिस्तानी टिम
अब्दुल्लाह सफिकी, फकर जमान, इमाम उल हक, बाबर आजम (कप्तान), सलमान अली आघा, इफ्तिखर अहमेद, तयाब ताहिर, मोहम्मद रिजवान, मोहम्मद ह्यारिस, सदाब खान (उपकप्तान), मोहम्मद नवाज, उस्माना मिर, फहिम अस्रफ, ह्यारिस रौफ, मोहम्मद वसिम जुनियर, नसिम साह, साहिनसाह अफ्रिदी, साउद साकिल (अफगानिस्तानविरुद्धको शृङ्खलाका लागि मात्र) ।













