कांग्रेस संसदीय दलको बैठक बस्दै

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनका अनुसार बैठकमा आगामी दिनमा संसद्मा कांग्रेसको भूमिका र जनजीविकाका मुद्दाबारे छलफल हुनेछ ।

यसैगरी डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुमा लाग्ने लम्की स्किन रोग नियन्त्रणबारेमा सरकारको ध्यानाकर्षण गराइने लेखकको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *