चन्द्रागिरिका मेयर गिरीसहित १८ वटा स्थानीय तहका मेयर ५ दिने कार्यक्रमका लागि भारत प्रस्थान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीसहित देशका १८ स्थानीय तहका मेयरसहित २३ वटा स्थानीय तहका जनप्रतिनिधिहरू भारत सरकारको निमन्त्रणामा आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

सो टोली भारतको प्रशासनिक कर्मचारी कलेजसँगको सहकार्यमा जनप्रतिनिधिहरुको क्षमता विकास गर्ने उद्देश्यले दक्षिण एसियामा दिसाजन्य लेदो व्यवस्थापनका क्षेत्रमा रहेको नीति, नियम, असल अभ्यास तथा स्रोत परिचालन लगायतका विषयमा अध्ययन तथा अवलोकन भ्रमणका लागि सो तर्फ प्रस्थान गरेको हो ।

१४ अगस्टबाट चारदिन सम्म जारी रहने सो कार्यक्रमका लागि ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले पनि सहभागिता जनाउनेछन् । कार्यक्रम भारतको हैदराबाद (तेलङ्गना) र भुवनेश्वर (उडिसा) मा हुने बताइएको छ ।

को को गए भारत सूची हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *