कागबेनीमा भीषण बाढीः वारीपारी सम्पर्क टुट्यो, दर्जन घरसहित प्रहरी चौकीमा क्षति (तस्बिरसहित)
थानकोट ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले एक दर्जन घरमा क्षति पुर्याएको छ ।
एउटा पक्की पुल र काठे पुल पनि बगाएको छ ।
“के कति क्षति भयो भनेर त्यसको विवरण लिने प्रयास गरिरहेका छौँ । करिब १२ वटा घरमा बाढीले क्षति पुर्याएको छ,” घटनास्थलमा रहेका मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्र कान्त बस्नेतले भने, “दुई तलासम्म घर बाढी र ढुंगामुढाले पुरिएका छन् । अहिले नेपाली सेना र नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरमा रहेका सामान निकाल्ने काम गरिरहेको छ ।”
बाढी आउनु अगाडि नै बाढीको जोखिमको अलर्ट गरिएकाले मानवीय क्षति भने हुन नपाएको उनले जानकारी दिए ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले एक दर्जन घरमा क्षति पुर्याएको छ । एउटा पक्की पुल र काठे पुल पनि बगाएको छ ।
“के कति क्षति भयो भनेर त्यसको विवरण लिने प्रयास गरिरहेका छौँ । करिब १२ वटा घरमा बाढीले क्षति पुर्याएको छ,” घटनास्थलमा रहेका मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्र कान्त बस्नेतले बाह्रखरीसँग भने, “दुई तलासम्म घर बाढी र ढुंगामुढाले पुरिएका छन् । अहिले नेपाली सेना र नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरमा रहेका सामान निकाल्ने काम गरिरहेको छ ।”
बाढी आउनु अगाडि नै बाढीको जोखिमको अलर्ट गरिएकाले मानवीय क्षति भने हुन नपाएको उनले जानकारी दिए ।

तस्बिर सौजन्य : प्रमुख जिल्ला अधिकारी अनुप केसी ।












