एसिया कपका लागि नेपाली क्रिकेट टिमको घोषणा
थानकोट ।
एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।
पाकिस्तान र श्रीलंकामा हुने प्रतियोगिताका लागि सोमबार नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अगस्ट ३० देखि सुरु हुने प्रतियोगिताको एक हप्ताअघि नेपालले पाकिस्तानमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले व्यवस्थापन गरेको टिमसँग अभ्यास खेल खेल्नेछ ।
एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
पाकिस्तानको मुल्तानमा हुने यो खेल अगस्ट ३० मा हुनेछ । यस्तै, नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ मा श्रीलंकामा खेल्नेछ ।













