एएफसी कप छनोट: मच्छिन्द्र क्लबको चुनाैती समाप्त, मोहन बगान ३-१ ले विजयी

Thankot Times

थानकोट ।

नेपाली ‘ए’ डिभिजन टोली मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोटमा भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ। पराजयसँगै मछिन्द्र एएफसी कप छनोट चरणबाटै बाहिरिएको छ।

भारतमा बुधबार भएको खेलमा मच्छिन्द्र मोहन बगानसँग ३–१ गोलअन्तरले पराजित भएको हो।

मोहन बगानका लागि अनवर अलीले २ तथा जेसन कमिंग्सले १ गोल गरे। मच्छिन्द्रका लागि मेसुके ओलोमोउले सान्त्वना गोल गरे।

पहिलो चरणमा भुटानको पारो एफसीलाई ३–२ गोलले पराजित गर्दै मच्छिन्द्र दोस्रो चरणमा प्रवेश गरेको थियो।

अब मोहन बगानले प्लेअफको फाइनलमा अवाहानी लिमिटेड ढाकाको सामना गर्नेछ।

बुधबार नै भएको प्लेअफको अर्को खेलमा अवाहानीले क्लब इगल्सलाई २–१ ले हराएको थियो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *