चन्द्रागिरि एकीकृत खानेपानी नियमावली सार्वजनिक, वडा स्तरीय उपसमितिमा १५ जनासम्म सदस्य
थानकोट ।
चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन नियमावली सार्वजनिक भएको छ ।
चन्द्रागिरि नगरपालिकाले नगरको आधिकारिक वेभसाइटमा बिहीबार सो नियमावली सार्वजनिक गरेको हो ।
३८ पृष्ठको सो नियमावलीमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित गरिएको बताइएको छ ।
सो नियमावली अनुसार चन्द्रागिरि नगरपालिकाको एकीकृत खानेपानी तथा सरसफाइ ऐनको दफा ७ बमोजिम गठन भएको परिषद्को अधिकार अन्तर्गत नगर क्षेत्रका उपभोक्ताले न्यूनतम ५० रूपैयाँमा ८ यूनिट (८ हजार लिटर) पानी खपत गर्न पाउने जनाइएको छ ।
सो पछि ९ देखी १५ यूनिटसम्म प्रतियूनिट २० रूपैयाँ, १६ देखी २५ यूनिटसम्म प्रतियूनिट ३० रूपैयाँ, २६ यूनिटदेखी ३५ यूनिटसम्म प्रतियूनिट ५० रूपैयाँ र ३६ यूनिटभन्दा माथिको खपतमा प्रतियूनिट ८० रूपैयाँ महशुल तोकिएको छ ।
सो नियमावली अनुसार नयाँ धारा जडानका लागि १० हजार रूपैयाँ शुल्क तोकिएको छ ।
धारा नामसारी गर्दा भने ५ हजार रूपैया शुल्क बुझाउनु पर्नेछ भने पुरानो धारा सूचीकरणका लागि १०० रूपैयाँ शुल्क तोकिएको छ । संस्थागत धारा जडानका लागि २५ हजार रूपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन नियमावलीमा उल्लेख छ ।
चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन नियमावली, २०८० को पूर्णपाठ पढ्नुहोस्















