चन्द्रागिरि यातायातले अब नागढुंगाबाट रत्नपार्क हुँदै ललितपुरको टिकाथलीसम्म सेवा दिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि यातायातले शनिबारदेखि नयाँ रूटमा यातायात सेवा सुरु गरेको छ ।

सो यातायातले ललितपुरको महालक्ष्मी नगरपालिका ०५ गोदावरी पुलदेखि रत्नपार्क हुँदै कलंकी र नागढुंगासम्म सार्वजनिक बस सेवा शुरु गरेको हो ।

शनिबारदेखि शुरु भएको चन्द्रागिरि यातायात सेवा प्रालिमा आबद्ध ३० वटा यात्रुवाहक बस अब टिकाथलीको गोदावरी पुल (अन्तिम बिसौनी) हुँदै इमाडोलको भगवती मन्दीर, जडिबुटी, कोटेश्वर, बानेश्वर, माइतीघर, रत्नपार्क, त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै नागढुंगासम्म आवत जावत गर्नेछ । ती बसहरु यात्रुको चाप हेरि हरेक ५ देखि १० मिनेटमा छुट्ने बताइएको छ ।
महालक्ष्मी नगरपालिका वडा नंं ५ का वडाध्यक्ष एवम् अधिवक्ता कपिल केसीले शनिबार अपरान्हदेखि टिकाथली गोदावरी पुलस्थित अन्तिम बस विसौनीमा आयोजित एक कार्यक्रममा रिवन काटेर सो सार्वजनिक यातायात सेवाको शुभारम्भ गरेका थिए । सो क्रममा चन्द्रागिरि यातायात सेवा प्रालिका अध्यक्ष गौतम श्रेष्ठले सो समितिमा आवद्ध बसले सबै यात्रुलाई समान व्यवहार गर्दै यात्रुलाई कुनै गुनासो हुन नदिई निरन्तर सेवा दिने वचनबद्धता व्यक्त गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *