सिंगै पहाड सडकमा, मुग्लिन-नारायणगढ सडक तत्काल खुल्ने सम्भावना टर्याे

Thankot Times

थानकोट ।

मुग्लिङ-नारायणगढ सडकखण्डको कालिखोला नजिक पहिरो खसेर सडक अबरुद्ध बनेको छ।

सोमबार राति करिब सवा ८ बजे बजे कालिखोला नजिकको सिङै डाडा सडकमा खसेको र करिव ५० मिटर सडक पुरिएकोले सवारी सुचारु हुन कम्तिमा आज दिनभर लाग्ने प्रहरीले जनाएको छ।

सडकको लामो भागमा पहिरो खसेको हुँदा सवारी साधन समेत पुरिएको हुनसक्ने आशंका गरिएको छ।

अहिले दुवैतर्फबाट पहिरो सफा गर्न स्काभेटर तयारी अवस्थामा राखिए पनि रातिको समय र माथीबाट ढुंगा खसिरहेका कारण काम सुचारु भएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *