प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ आज

Thankot Times

थानकोट ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

हिजो सोमबार प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । 

प्रधानन्यायाधीश श्रेष्ठले आज दिउँसो १ः४५ बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति रामचन्द्र पौडेलको निजी सचिवालयले जानकारी दिएको छ ।

संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । 

उनलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *