झन्डै डेढ महिनापछि बागमती प्रदेश सभा बैठक बस्ने संकेत, भदौ १७ गते बैठक बोलाउन सिफारिस

Thankot Times

थानकोट ।

बागमती प्रदेश सभा बैठक भदौ १७ गते आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बैठक भदौ १७ गते दिउँसो १ बजे आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

गएको असार २१ गते बजेट पास भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।

झन्डै डेढ महिनापछि प्रदेश सरकारले प्रदेश सभाको बैठक बोलाउन सिफारिस गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *