भदौ १५ गतेबाट काठमाडौंमा ५५औं एसियाली शारीरिक सुगठन प्रतियोगिता, ४५ वटा विधामा प्रतिस्पर्धा

Thankot Times

थानकोट ।

५५औं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको तयारी पूरा भएको छ ।

नेपाल शारिरीक सुगठन तथा फिटनेस महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको लागि आवश्यक तयारी पूरा भएको जनाएको हो ।

४५ वटा विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा २५ देशका खेलाडीहरुले सहभागिता जनाउने महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । जसमा पुरूषतर्फ २८, महिलातर्फ १६ तथा एक मिक्स प्रतिस्पर्धा रहनेछ ।

होटल याक एण्ड यतीमा सञ्चालन हुने प्रतियोगिता भदाै २२ गते सकिनेछ ।

प्रतियोगिता आयोजनामा ३ करोड ६२ लाख अनुमानित लागत रहेको सो पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिताको पहिलो दिन भदौ १५ गते सबै राष्ट्रका खेलाडी स्वागत कार्यक्रम तथा खेलाडी दर्ता गरिने महासंघले जनाएको छ । युवा तथा खेलकुद मन्त्रीको उपस्थितिमा भदौ १८ गते प्रतियोगिताको समुद्घाटन सत्र रहनेछ ।

फोटोः वीरेन्द्रकुमार श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *