प्रतिनिधि सभाको बैठक आजपनि बस्दै
थानकोट ।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।
बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक करिब एक महिनापछि बुधबार (हिजो)बाट बसेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण साउन १० गतेबाट बैठक अवरुद्ध हुँदै आएको थियो ।












