मच्छेगाउँ नजिकै चितुवाको आक्रमणबाट एकजना घाइते, चितुवा नियन्त्रणको प्रयास जारी

Thankot Times

थानकोट ।

मच्छेगाउँ र कीर्तिपुरको सीमानामा रहेको थापागाउँमा चितुवाको आक्रमणबाट जना घाइते भएका छन् ।

बुधबार राति कुखुरापालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको प्रहरी वृत्त थानकोटले जनाएको छ । 

कीर्तिपुर प्रहरी वृत्तबाट पनि प्रहरीहरू घटनास्थलमा पुगेका छन् । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।

थानकोट प्रहरीको टोली रातिदेखि नै सो स्थानमा परिचालित रहेको वृत्त थानकोटका प्रमुख डिएसपी नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । 

पछिल्लो समय कीर्तिपुरका विभिन्न क्षेत्रमा चितुवा देखा पर्न थालेको छ। 

अपडेट:

कुखुरापालन गर्ने खोरभित्र थुनिएपछि चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयको प्राविधिक टोली घटनास्थलमा पुगेको छ । 

चितुवालाई लठ्याउन सुई दिने प्रयास जारी रहेकाे स्थानीय पत्रकार वीरेन्द्र शाक्यले जानकारी दिनुभयाे ।

तस्बिर: वीरेन्द्र शाक्य

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *