रास्वपा काठमाडाैं क्षेत्र नं. ९ को सभापतिमा रोजिना लामा
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडाैं क्षेत्र नंं ९ को क्षेत्रीय सभापतिमा रोजिना लामा निर्वाचित भएकी छिन् ।
बिहीबार सम्पन्न सो पार्टीको क्षेत्रीय बैठक तथा निर्वाचन प्रकियाबाट लामाले क्षेत्रीय सभापतिको जिम्मेवारी पाएको बताइएको छ ।
सो पार्टी काठमाडाैं क्षेत्र नं. ९ को उपसभापतिमा जयराम अर्याल, सचिवमा रमेश थापा र पवित्रा भट्ट चयन भएका छन् । राजु खत्री क्षेत्रीय सदस्यमा चुनिएका छन् ।













