पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जेल चलान
थानकोट ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जेल चलान भएका छन् ।
जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका ट्रम्पले र त्यहाँ २० मिनेट बिताएको बताइएको छ। यद्यपी पूर्वराष्ट्रपति ट्रम्प जमानतमा रिहा भइसकेका छन् । ट्रम्पले जमानतको लागि जेल अधिकारीहरूलाई दुई लाख डलर तिरेका छन् ।
जेलबाट ट्रम्पको आधिकारिक तस्बिर (मगसट) जारी गरिएको छ । ट्रम्पको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो ।
अमेरिकाको इतिहासमा पूर्व राष्ट्रपतिको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो ।












