जनता समाजवादी पार्टीले केन्द्रीय नेताहरुलाई निर्वाचन निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने

Thankot Times

थानकोट ।

जनता समाजवादी पार्टी नेपालले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने भएको छ । ३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरुलाई खटाउन लागिएको जसपाले जनाएको छ  ।

सो क्रममा नेताहरुले आफ्नो जिम्मेवारीभित्रको भूमिकामा रहेर संगठन विस्तारका कार्यक्रमहरु सञ्चालन गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

साथै नयाँ विधानका सम्बन्धमा प्रशिक्षण कार्यक्रम चलाई विधानबारे कार्यकर्ताहरुलाई प्रशिक्षित गरिने छ । यस अवधिमा संगठनको अभिलेख संकलन र सदस्यता बितरण कार्यसमेत हुने उनले बताए ।

सोही बमोजिम पार्टीले आउँदो शनिबारदेखि नै प्रदेश तथा स्थानीय तहहरुमा प्रशिक्षण कार्यक्रम गर्न लागेको पनि बस्नेतले जानकारी दिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *