एसिया कप-२०२३ः पाकिस्तानी विकेटकिपर ब्याटरले भेटे नेपाली टिम

Thankot Times

थानकोट ।

एसिया कपका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पाकिस्तानका ओपनर ब्याटर मोहम्मद रिजवानले भेटेर शुभकामना दिएका छन् ।

सोमबार रिजवानले नेपाली टिमलाई भेटेर शुभकामना दिएको भिडियो पाकिस्तानी क्रिकेट संघले सामाजिक सञ्जालमा राखेको छ ।

 

उनले प्रतियोगिताका लागि नेपाली टिम योग्य रहेको बताउँदै शुभकामना दिए । यस्तै, उनले कुनै पनि कुराको आवश्यक भए आफू सहयोगका लागि तयार रहेको पनि बताए ।

प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले अगस्ट ३० मा उद्घाटन खेलमै घरेलु टिम पाकिस्तानको सामना गर्ने छ । त्यसपछि भारतसँगको खेलका लागि नेपाल टिम श्रीलंका जाने छ । श्रीलंकामा नेपालले अक्टोबर ४ मा भारतसँग समूह चरणको दोस्रो खेल खेल्नेछ ।

एसिया कपको १६औँ संस्करणमा नेपाल, भारत र पाकिस्तानसँगै श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *