महिला टी-ट्वान्टी विश्वकप छनाेट: नेपालले मलेसियालाई दियाे ८५ रनकाे लक्ष्य

Thankot Times

थानकोट ।

मलेसियामा आजबाट सुरु महिला टीट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोलीलाई ८५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनायो ।

नेपालका लागि ओपनर सिता राना मगरले ५४ बलमा १ चौकाको सहयोगमा अविजित ३८ रन बनाईन् ।

अप्सरी बेगमले १७ तथा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियाकी एना हमिजाले २ विकेट लिईन् ।

यस प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *