टी-२० विश्वकप एसिया छनोट: लगातार दोश्रो जितको खोजीमा नेपाल, आज बहराइनविरुद्ध खेल्दै

Thankot Times

थानकोट ।

आईसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत दोश्रो खेलमा नेपालले आज  बहराइनसँग खेल्दैछ ।

खेल नेपाली समयानुसार बिहान सवा ११ मा मलेसियाको राजधानी क्वालाम्पुरस्थित सेलेन्गर ट्रफ मैदानमा शुरू हुनेछ । 

यसअघि बिहीबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो ।

तेस्रो खेलमा नेपालले भदाै १७ गते भुटानसँग, चौथो खेलमा भदाै १८ गते कतारसँग खेल्दैछ ।

नेपालले समूह चरणको अन्तिम खेलमा भदाै १९ गते युएईसँग खेल्दैछ ।

११ राष्ट्र सम्मिलित प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *