पूर्व कप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

Thankot Times

थानकोट ।

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा पारसले उमेश पियालाई पराजित गरेका हुन्। पारसले २३ मत पाउँदा उमेशले १४ मत प्राप्त गरे।

उपाध्यक्षमा प्रेम क्षेत्री विजयी भए। उनले रुपक रञ्जितलाई २३-१४ मतले पछि पारे। सचिवमा प्रशन्न शाक्य निर्वाचित भए। उनले प्रज्वल सापकोटालाई २३-१४ कै अन्तरमा पछि पारे।

सन्जय बस्नेत कोषाध्यक्षमा निर्वाचित भए। उनले विजय बोहरालाई पछि पारे।

सदस्यमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोक पोखरेल, सुजन महर्जन, निरा राजोपाध्यय, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल र अनुजमान श्रेष्ठ निर्वाचित भए।

can-bagmati-1693574474.jpg

यससँगै नेपाल क्रिकेट संघअन्तर्गतका सबै प्रदेशका निर्वाचन सकिएका छन्। क्यानको केन्द्रीय समितिको निर्वाचन आगामी असोज ५ र ६ मा हुँदैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *