नेपाली कांग्रेस रूपान्तरण अभियान १६५ वटै निर्वाचन क्षेत्रमा सञ्चालन गरिँदै

Thankot Times

थानकोट ।

‘नेपाली कांग्रेस रूपान्तरण अभियान’लाई निरन्तरता दिने निर्णय गरिएको छ ।

डा. शेखर कोइरालापक्षीय केही नेताले यो अभियान चलाइरहेका छन् ।

शनिबार काठमाडौंमा बसेको ती नेताको बैठकबाट अभियानलाई निरन्तरता दिने निर्णय गरिएको हो ।

यही भदौ २४ देखि आउँदो कात्तिक २४ गतेसम्म १६५ निर्वाचन क्षेत्रमा दुईमहिने रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।

भदौ २४ गते काभ्रे क्षेत्र नम्बर–२ बाट दुईमहिने अभियानको सुरुआत गरिने एक नेताले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *