आईसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोट: भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित

Thankot Times

थानकोट ।

मलेसियामा जारी आईसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले प्रस्तुत गरेको ४० रनको झिनो लक्ष्य नेपालले ७ विकेट गुमाउँदै पूरा गरेको छ । 

भुटानमाथिको यो ३ विकेटको जितसहित सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल सेमिफाइनल पुग्नेछ ।

भुटानले पूरा २० ओभर खेल्दै प्रस्तुत गरेको ४० रनको विजयी लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १२ रनमा अविजीत रहिन् । उनले नेपालको तर्फबाट सर्वाधिक रन समेत बताइन् । 

प्रतियोगिता अन्तर्गत नेपालले सोमबार कतारसँग र बुधबार यूएईसँग खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *