एसिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न रास्वपा सभापति रवि लामिछाने श्रीलंका प्रस्थान

Thankot Times

थानकोट ।

एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति रवि लामिछाने श्रीलंका प्रस्थान गरेका छन् । 

सोमबार श्रीलंकाको क्याण्डीस्थित पल्लेकेले क्रिकेट मैदानमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

सोही खेल हेर्न र नेपाली टोली हौसला बढाउन लामिछाने आइतबार त्यसतर्फ प्रस्थान गरेको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।

नेपाली टोलीलाई हौसला दिन लामिछाने पत्नी निकिता पौडेल लामिछाने र रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोरा पनि श्रीलंका गएका छन् । नेपाल र भारतबीचको खेल सोमबार दिउँसो स्थानीय समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।

एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । भारत भने पहिलो खेलमा पाकिस्तानसँग शनिबार अंक बाँड्न बाध्य भएको थियो । सो खेल वर्षाले प्रभावित हुँदा दुवै टोलीले समान १-१ बाँडेका हुन् । 

अंकतालिकामा नेपाल बिना कुनै अंक पुच्छरमा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *