राप्रपाले भदौ २७ गते काठमाडौंमा विरोध सभा आयोजना गर्ने
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यही भदौ २७ गते काठमाडौंमा विरोध सभा गर्ने भएको छ ।
आइतबार बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःर्स्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै विरोध सभा आयोजना गर्न लागेको हो
त्यस्तै, आर्थिक संकटमा सरकारको उदासीनता, बढ्दो बेरोज़गारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले र्याली र सभा गर्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।












