एसिया कप- क्रिकेट महारथी भारतसामु नेपालद्वारा २ सय ३१ रनको लक्ष्य प्रस्तुत

Thankot Times

थानकोट ।

१६औं संस्करणको एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भारतलाई दुई सय ३१ रनको लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३० रन बनायो । नेपालका लागि आसिफ शेखले ५८ रनको योगदान गरे ।

सोमपाल कामीले ४८ रन बनाए । कुशल भुर्तेलले ३८ रन जोडे । भारतीय बलर मोहम्मद सिराज र रविन्द्र जडेजाले तीन—तीन विकेट लिए ।

वर्षाका कारण खेल केही समय रोकिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *