५५औं एशियन शारीरिक सुगठन च्याम्पियनसिपको पहिलो दिन नेपाललाई २ स्वर्णसहित ५ पदक

Thankot Times

थानकोट ।

काठमाडौंमा जारी ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपको पहिलो दिन नेपालले २ स्वर्ण पदकसहित ५ पदक जितेको छ ।

च्याम्पियनसिपमा नेपालका विशाल पौडेलले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथिको तौल समूहमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण हात पारेका छन्।

यसैगरी महिला स्वीम सुट फिजिक्स खुल्ला विधातर्फ नेपालकी सनम मुलगुठीले स्वर्ण जितेकी छिन् । उनले हङकङ चाइनाकी मा सिन यीलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् ।

नेपालका सुरेश दुवालले पुरुष ५५ केजीमा रजत पदक जिते । उनी भियतनामका बुइ दाक फि भु सँग पराजित भएका थिए ।

६० केजी तौलमा नेपालका अश्मिन बाबु गरुङले रजत र कमल भण्डारीले कास्य पदक जितेका छन् । यस विधामा थाइल्याण्डका जिराफन पोङ्गकामले स्वर्ण जिते ।

प्रतियोगितामा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरिरहेको नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घले जनाएको छ । 

तस्बिरहरूः राखेप


Leave a Reply

Your email address will not be published. Required fields are marked *