साफ यू-१६ च्याम्पियनसिपः नेपाल बङ्लादेशसँग पराजित

Thankot Times

थानकोट ।

बंगलादेशमा जारी १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पराजित भएको छ ।

नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भएको हो ।

मंगलबार सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर घरेलु टोली बङ्लादेशले दोस्रो हाफमा गरेको गोल नै निर्णायक भयो ।

४७ औँ मिनेटमा बङ्लादेशका अशिकुर रहेमानले गोल गरेका थिए ।

तर नेपाल गोल फर्काउन असफल हुँदा पराजित भयो ।

प्रतियोगिता अन्तर्गत बिहिबार नेपालले भारतको सामना गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *