आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटः समुह चरणको अन्तिम खेल खेल्दै नेपाल
थानकोट।
आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज समुह चरणको अन्तिम खेलमा यूएईसँग खेल्दैछ ।
। यसअघि समुह चरणमा लगातार चाैथो जित दर्ता गरेर यूएई र नेपाल सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलको विजेता समुह विजेता बन्नेछ ।
समान ४ खेलबाट ८-८ अंक भएतापनि कम रन रेटका आधारमा नेपाल दोश्रो स्थानमा छ ।
मलेसियाको क्वालाम्पुरमा नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु हुनु पर्ने खेल ओसिलो पिचका कारण टस हुन सकेको छैन् ।












