साफ यू-१६ च्याम्पियनसिपमा नेपालको चुनाैती समाप्त, भारत १-० ले विजयी

Thankot Times

थानकोट ।

भुटानमा जारी साफ यू-१६ च्याम्पियनसिपमा नेपालको चुनाैती समूह चरणबाटै सकिएको छ ।

बुधबार भुटानमा भएको समूह चरणको अन्तिम तथा महत्वपूर्ण खेलमा भारतसँग १-० गोलले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

नेपालविरुद्धको जितमा भारतका अर्बासले ३३ मिनेटमा गरेको गोल निर्णायक बन्यो । नेपाल यसअघि समूहको पहिलो खेलमा बंगलादेशसँग पनि १–० गोलले पराजित भएको थियो।

यो समूहबाट भारत र बंगलादेश अन्तिम चारमा पुगेका छन् । नेपाल भने दुवै खेल हार्दै घर फर्कन बाध्य भयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *