आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोट: थाइल्याण्डविरूद्ध बलिङ गर्दै नेपाल
थानकोट ।
मलेसियामा जारी आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो सेमिफाइनल खेलमा नेपालले थाईल्यान्डविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ ।
नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिलिडङ गर्ने निर्णय लिएकी हुन् ।
प्रतियोगिताको अर्को सेमिफाइनलमा हङकङ र यूएई पनि भिडिरहेका छन् ।
सेमिफाइनल खेलका विजेताले आगमी वर्ष हुने आइसिसी महिला ग्लोबल टि-२० छनोट खेल्न पाउनेछन् ।












