आज काठमाडौं महानगरपालिकामा बिदा, विद्यालय भन्ने खुला रहने

Thankot Times

थानकोट । 

काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) नगर क्षेत्रमा शोक बिदा दिएको छ ।

महानगरको नगर कार्यपालिका कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको हो ।

काठमाडौं क्षेत्र ७ का क्षेत्रीय सभापतिसमेत रहनुभएका रिजाललाई डेंगु सङ्क्रमण भएपछि निमोनिया भएको थियो ।

उपचारका लागि आइसियु हुँदै दुई दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उहाँको निधन भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ