आईसिसी महिला टि-२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर, थाइल्याण्ड सामु निरिह बन्यो नेपाल

Thankot Times

थानकोट ।

मलेसियामा जारी आईसीसी महिला टी-२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाल पराजित भएको छ।

स्थानीय बायोमस मैदानमा शुक्रबार खेलिएको सेमिफाइनल खेलमा नेपाललाई थाइल्यान्डले ४६ रनले हराएको हो । जितसँगै थाइल्याण्ड आईसीसी महिला टी-२० विश्वकप क्रिकेट ग्लोबल क्वालिफायरका लागि छनोट भएको छ । 

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा अलआउट हुनुअघि ५९ रन मात्र बनाउन सक्यो ।

नेपाली टोलीको बलिङ र ब्याटिङ फितलो देखियो । खासगरी ब्याटिङ पक्ष ज्यादै निराशाजनक थियो ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा हङकङलाई ५७ रनले पराजित गर्दै यूएईले पनि ग्लोबल क्वालिफायरका लागि छनोट भएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *