बल्खु खाेलामा एक पुरुषकाे शव फेला
थानकोट ।
चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकाको सिमाना बल्खु खाेला पुलमुनि एक पुरूषकाे शव फेला परेको छ ।
आज (आइतबार) बिहान खोलामा अन्दाजी ३०-३५ वर्षकाे देखिने पुरूषको शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
उनको सनाखत हुन बाँकी रहेको छ ।
कीर्तिपुर प्रहरी वृत्त घटनास्थलमा पुगेकाे स्थानीय सञ्चारकर्मी वीरेन्द्र शाक्यले जानकारी दिनुभयाे ।
तस्बिर: वीरेन्द्र शाक्य











