ललिता निवास प्रकरणःपक्राउ परेका सबैलाई रिहा गर्न आदेश, चन्द्रागिरिका कार्कीसँग ७ लाख ५० हजार धराैटी माग

Thankot Times

थानकोट ।

काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा प्रहरी हिरासतमा रहेका १८ जना आरोपितहरू मध्ये सबैलाई रिहाइ गर्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ भने केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेश दिएको छ।

अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

प्रहरी हिरासतमा रहेका १८ जना आरोपित को सँग कति धरौटी माग ?

बालकृष्ण श्रेष्ठ -७ लाख ५० हजार

शिवजी भट्ट-३ लाख ३० हजार

रुद्र कुमार श्रेष्ठ- ७ लाख ५० हजार

कलाधर देउजा -१५ लाख

घमन कुमार कार्की- ७ लाख ५० हजार

विनोद पौडेल- १५ लाख

गोपाल कार्की -७ लाख ५० हजार

योगराज पौडेल- ७ लाख ५० हजार

अरुण कुमार श्रेष्ठ -७ लाख ५०

ध्रुव प्रसाद अर्याल -३ लाख ३० हजार

बाबुराजा महर्जन- १ लाख १० हजार

देवनारायण महर्जन – १ लाख १० हजार

सकलानन्द महर्जन- १ लाख १० हजार

सञ्जय कुमार महर्जन- १ लाख १० हजार

फाइल फोटो, सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ