तीव्र गतिमा विस्तार हुँदै चक्रपथअन्तर्गत कलङ्की-बसुन्धारा सडकखण्ड

Thankot Times

थानकोट। 

काठमाडौं चक्रपथअन्तर्गत कलंकी-बसुन्धरा सडकखण्ड विस्तारका लागि आवश्यक ‘सर्भिस ट्रयाक’ को निर्माण तीव्र गतिमा अघि बढेको छ । गत साउनदेखि चक्रपथ सुधार योजनाले शुरु गरेको ‘ट्रयाक’ निर्माणको कामले रफ्तार लिएको हो । 

‘ट्रयाक’ निर्माणका लागि कलंकी-बसुन्धरा सडक चार खण्डमा विभाजन गरिएको छ ।

६ मीटर चौडाईंमा बन्ने ‘ट्रयाक’ को कूल लम्बाई आठ दशमलव दुई किलोमिटर छ ।  

चक्रपथ विस्तारकै दोस्रो फेजमा रहेको कंलकी-बसुन्धरा सडकअन्तर्गत हाल सामाखुसी क्षेत्रमा विस्तारको काम भइरहेको छ ।

‘ट्रयाक’ निर्माणको ठेक्का दुई निर्माण कम्पनीले पाएको छ । सम्झौताअनुरुप २० महिनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ