नागार्जुन र चन्द्रागिरिमा अन्तर वडा फुटसल हुँदै, विजेता अन्तर पालिका फुटसलका लागि छानिने
थानकोट ।
लाैह पुरुष गणेशमान सिंहको २६औ स्मृति दिवसका अवसरमा काठमाडाैंका स्थानीय तहबीच फुटसल प्रतियोगिता हुने भएको छ।
नेपाल तरूण दल काठमाडाैं जिल्ला समितिको आयोजनामा असोज २ गते हुने अन्तर पालिका फुटसल प्रतियोगितामा काठमाडाैंका ११ वटै पालिकाबाट छनोट हुने १-१ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका लागि हरेक पालिकामा अन्तर वडा फुटसलको तयारी सुरु भइसकेको नेपाल तरुण दल काठमाडौं क्षेत्र नं १० अध्यक्ष इश्वर लामाले जानकारी दिनुभयो ।
सबै पालिकामा नेपाल तरुण दलको अगुवाइमा अन्तरपालिका प्रतियोगिताका लागि टिम छनोटको कार्य भइरहेको छ ।
जसअनुसार नागार्जुन नगरपालिकाले मंगलबार नगरको १० वटा वडाहरुबीच हुने खेल तालिका प्रकाशन गरेको छ। ती खेलहरू भाद्र ३० गते शनिबार बिहान ८:०० बजेबाट नागार्जुन नगरपालिका वडा नं ५ स्थित बलामी स्पोर्टस सेन्टर, शरणपुरमा हुनेछ ।
यसैगरी चन्द्रगिरि नगरपालिकामा भदाै ३० गते नै मच्छेगाउँस्थित मत्स्यनारायण रिक्रेशन सेन्टरमा दिउँसो १ बजेबाट अन्तर वडा फुटसल हुने बताइएको छ ।
काठमाडौं जिल्लामा काठमाडौं महानगरसँगै नागार्जुन, शङ्खरापुर, गोकर्णेश्वर, तारकेश्वर, दक्षिणकाली, कागेश्वरी मनोहरा, चन्द्रागिरि, टोखा, कीर्तिपुर र बूढानीलकण्ठ नगरपालिका छन् ।












