काठमाडौं बिहानै चार जना एकै ठाउँमा मृत भेटिए, सनाखत हुन बाँकी

Thankot Times

थानकोट ।

काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा चार जनाको हत्या भएको छ। हत्या हुनेमा दुई जना पुरुष र दुई जना महिला रहेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका सहप्रवक्ता अनिल अधिकारीले घटनाको पुष्टि गरेका छन्। धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या भएको अधिकारीको भनाइ छ।

गैरीगाउँको दिव्य मिलभित्र हत्या गरेको अवस्थामा उनीहरूको शव फेला परेको हो। हत्या हुनेको पहिचान खुलेको छैन। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। थप विवरण आउन बाँकी छ।

अन्नपूर्ण पाेष्टबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ