तिजको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु र मदिरा निषेध

Thankot Times

थानकोट ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा बिक्री–वितरण र प्रयोगमा रोक लगाएको छ ।

सोमबार (भोलि) तिजको अवसरमा पशुपति क्षेत्रभित्र चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

रोक लगाइएको क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ उत्पादन, बिक्री–वितरण, भण्डारण र सेवन गर्न आजदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नियम उल्लंघन गर्नेलाई कारबाही गरिने बताइएकाे छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ