भारतलाई आठाैं पटक एसिया कप क्रिकेटको उपाधी, ६ पटकको च्याम्पियन श्रीलंकाको लज्जास्पद हार
थानकोट ।
श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले साताैं ओभरमा पूरा गर्दै आठाैं पटक एसिया कप उचालेको छ ।
कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।
एकदिवसीय ढाँचामा सबैभन्दा कम रन सन् १९८८ मा श्रीलंकाले फाइनलमा ४३ ओभर २ बलमा अलआउट हुँदै भारतलाई १७६ रनको लक्ष्य दिएको थियो। त्यस क्रममा जवाफी ब्याटिङ गरेको भारतले ३७ दशमलव १ ओभरमा ४ विकेट गुमाएर १८० रन बनाउँदै ६ विकेटले जितेको थियो।
भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नट आउट रहे ।












