१९ औं एसियाड खेल्ने मच्छेगाउँका खेलाडी र प्रशिक्षकको भव्य बिदाई

Thankot Times

थानकोट ।

अर्को साताबाट चीनको  हाङझाउमा सुरु हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने कराँते खेलाडी स्वनिम मानन्धर तथा प्रशिक्षक वीरकृष्ण शाहीलाई चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँमा बिदाई गरिएको छ ।

चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँका स्थानीय रहेका मानन्धर र शाहीलाई आइतबार स्थानीय संघसंस्था तथा स्थानीय बासीहरूले सगुन दिई सफलताको कामनासहित बिदाई गरेका हुन् ।

कराँते खेलका उदयीमान खेलाडी स्वनिमले नवाैं राष्ट्रिय खेलकुदमा दोहोरो स्वर्ण पदक जितेका थिए । मच्छेगाउँस्थित नरहरिपुर कराँते डाेजाेका प्रशिक्षार्थी स्वनिम मानन्धर नेपाल पुलिस क्लबमा आबद्ध छन्।

प्रशिक्षक शाही अघिल्लाो सात राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

सो क्रममा २० सेप्टेम्बरबाट इण्डोनेशियाको जाकर्तामा सुरू हुने दशाैं विश्व सितोरियो कराते च्याम्पियनसीपमा सहभागी हुन लागेका प्रविन मानन्धरलाई पनि बिदाई गरिएको थियो । यस प्रतियोगितामा स्वनिमले पनि सहभागिता जनाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *