काठमाडाैं जिल्ला अन्तरपालिका फुटसल प्रतियोगिताः पहिलो खेल चन्द्रागिरि र टोखाबीच हुने
थानकोट ।
लाैह पुरुष गणेशमान सिंहको २६औ स्मृति दिवसका अवसरमा काठमाडाैंका स्थानीय तहबीच हुने फुटसल प्रतियोगिताका लागि सबै पालिकाले टोली चयन गरेका छन् ।
नेपाल तरूण दल काठमाडाैं जिल्ला समितिको आयोजनामा हुने अन्तर पालिका फुटसल प्रतियोगितामा काठमाडाैंका ११ वटै पालिकाबाट छनोट हुने १-१ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्।
अन्तर वडा प्रतियोगिताबाट विजेताले पालिकाको प्रतिनिधित्वको अवसर पाएको बताइएको छ।
सो प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाबाट चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानाले सहभागिता जनाउनेछ ।
गत शनिबार चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँस्थित मत्स्यनारायण रिक्रियशन सेन्टरमा सम्पन्न अन्तर वडा प्रतियोगिताको फाइनल खेलमा वडा नं. १४ लाई २-१ गोलले पराजित गर्दै वडा नं. १५ ले अन्तरपालिका प्रतियोगितामा सहभागि हुने अवसर पाएको हो ।
यसैबीच भोलि (असोज २ गते) हुने काठमाडाैं जिल्ला अन्तर पालिका स्तरीय फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
प्रतियोगिता आयोजक नेपाल तरुण दल काठमाडौँ जिल्ला कार्यसमितिले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार चन्द्रागिरि नगरपालिकाल र टोखा नगरपालिकाबीच बिहान ११ बजे उद्घाटन खेल हुनेछ ।
यो खेलको विजेताले दोश्रो चरणमा तारकेश्वर नगरपालिकाको सामना गर्नेछ । तारकेश्वरले बाइ पाउँदै सिधै दोश्रो चरणमा स्थान सुरक्षित गरेको छ ।
प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रूपैयाँ, उपविजेताले १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद पुरस्कार पाउने बताइएको छ । यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही ११ हजार १ सय ११ रूपैयाँ नगद पुरस्कार पाउनेछन् । एक दिने प्रतियोगिताको सबै खेलहरू महाराजगञ्जस्थित ढुकु फुटसलमा हुनेछन् ।
खेल तालिका हेर्नुहोस्ः













